साम्पडोरियामाथि युभेन्टस विजयी, लिगमा तेस्रो स्थानमा उक्लियो
१८ माघ, काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले साम्पडोरियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा फेडेरिको चेइसा र एरोन रामसीले एक एक दोल गरेका थिए । चेइसाले खेलको २०औ मिनेटमा गोल गरेका थिए भने रामसीले खेलको ९१औ मिनेटमा गोल गरेका थिए ।
यो जितपछि युभेन्टस सिरी ए मा तेस्रो स्थानमा उक्लिएको छ । १९ खेलमा ३९ अंक रहेको युभेन्टसभन्दा अगाडी लिगमा इन्टर मिलानको २० खेलमा ४४ अंक रहेको छ भने एसी मिलानको २० खेलमा ४६ अंक रहेको छ ।
त्यस्तै साम्प डोरियाको भने २० खेलमा २६ अंक रहेको छ । युभेन्टसले अब अर्को खेल फेब्रुअरी ३ मा कोपा इटालीयाको सेमिफाइनलमा इन्टरमिलानविरुद्ध खेल्दै छ ।
प्रतिकृया दिनुहोस्