केटू हिमाल सफल आरोहण गर्ने टोलिलाई पूर्वराजा ज्ञानेन्द्रको बधाई

१६ माघ, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले केटू हिमाल सफल आरोहण गर्ने टोलिलाई बधाई ज्ञापन गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आरोहीहरुको यस प्रयासले विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको अनुभूति भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सर्बाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवं सम्मानभाव प्रकट गर्दछु । त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको सुखद अनुभूति मैले गरेको छु ।’

नेपाली आरोही निर्मल पुर्जासहितको टोलिले पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका हुन् ।

आरोहण दलमा पुर्जाको नेतृत्वमा मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको टोलीले रहेको थियो ।

उनीहरुले यहि माघ ३ गते शनिबार कम्तीमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै उनीहरुले कटू हिमालको सफल आरोहण गरेका थिए ।