एप्पलको उत्पादन बिक्रिमा नयाँ रेकर्ड

१६ माघ, काठमाडौँ । एप्पलले अहिले उत्पादन बिक्रिमा नयाँ रेकर्ड बनाएको छ । क्रिसमसको सामयमा मानिसहरुले एप्पलको आइफोन, आइप्याड, ल्यापटप र विभिन्न उपकरणको खरिदले कम्पनीको बिक्रि बढेको छ ।
सन् २०२० को अन्तिम तीन महिनामा भएको सेल्स, १११ बिलियन अमेरिकी डलर पुगेको छ जुन पछिल्लो वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि हो । कोरोना महामारीले गर्दा प्रविधिको आवश्यकता र बढ्दो अनलाइन क्रियाकलापले एप्पललाई फाइदा भएको हो ।
विश्वव्यापी रुपमा एप्पलको बिलियन आइफोन बिक्रि भएको छ र अहिले १.६५ बिलियन सक्रिय प्रयोगकर्ता रहेका छन् । आइफोनको नयाँ संस्करण आइफोन-१२ ले गर्दा पनि मानिसहरुले नयाँ प्रविधिको लागि खरिद गरेका हुन् ।
कम्पनीले चीनमा पनि राम्रो व्यापार गरेको छ जहाँ कोरोना महामारीले ठुलो आर्थिक संकट उत्पन्न गरेको थियो । अहिले ५ जी नेटवर्क चल्ने आइफोनको माग सबैभन्दा धेरै छ ।
हङकङ र ताइवानमा आइफोनको व्यापारमा ५७ प्रतिशतले वृद्धि भएको छ भने युरोपमा १७ प्रतिशत र अमेरिकामा ११ प्रतिशतले बिक्रि बढेको छ । एप्पलले यस त्रैमासिकको नाफा २८.८ बिलियन अमेरिकी डलर पुगेको बताएको छ जुन पछिल्लो वर्षको तुलनामा २९ प्रतिशतले वृद्धि भएको हो ।
अन्य प्रविधि क्षेत्रमा भएको घाटाको तुलनामा एप्पलले भाइरसको सुरक्षा र ग्राहकलाई घरमा नै डेलिभरी दिएको कारण पनि फाइदामा पुगेको हो । अन्य प्रविधि कम्पनी जस्तै माइक्रोसफ्ट र फेसबुकको पनि आम्दानीमा निकै फाइदा भएको छ ।
फेसबुकले अनलाइन सपिंगको कारण आम्दानीमा ३० प्रतिशतले वृद्धि भएको बताएको छ ।
हरेक दिन प्रयोगकर्ताको संख्यामा वृद्धि हुने फेसबुकको स्वामित्व रहेको इन्स्टाग्राम र ह्वाट्सएपमा २.६ बिलियन सक्रिय प्रयोगकर्ता भएका छन् । सन् २०१९ को तुलनामा यो १५ प्रतिशतले बढी हो ।
कम्पनीको अनुसार, मानिसहरु यात्रा गर्न नपाएका कारण अनलाइन विज्ञापनले गर्दा फुर्सदले खरिद गर्ने गर्दछन् र यसले एपको प्रयोग र सामानको बिक्रि बढेको छ ।
फेसबुकले एप्प्लद्वारा प्रयोगकर्ताको व्यक्तिगत जानकारीको नीतिले केहि असर पर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्