टोटनह्याममाथि लिभरपुलको सहज जित

१६ माघ, काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्याममाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । 

लिभरपुलको जितमा रोबेर्टो फेर्मिनो, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरेका थिए भने टोटनह्यामका लागि पिएरे इमिलेहोजजेर्गले एक गोल फर्काएका थिए । 

आफ्ना पछिल्ला तीन खेलमा जित हासिल गर्न नसकेको लिभरपुल यो जितपछि विजयी लयमा फर्किएको विश्वास व्यक्त गरिएको छ । 

यो जितपछि लिभरपुलको लिगमा २० खेलमा ३७ अंक भएको छ भने चौथो स्थानमा उक्लिएको छ । 

त्यस्तै टोटनह्यामको भने १९ खेलमा ३३ अंक रहेको छ र लिगमा छैठौ स्थानमा रहेको छ ।