यौन सम्पर्क गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनूपर्ने !

१५ माघ, एजेन्सी ।  बेलायतको एक अदालतले एक पुरुषलाई सुन्दा अचम्म लाग्ने निर्णय सुनाएको छ । ती  युवकलाई कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरी र महिला दुबैलाई यसबारे जानकारी दिनुपर्ने आदेश दिइएको छ । साथै युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुराकानीमा पनि रोक लगाइएको छ । 

३९ वर्षका पुरुष डीन डायरमाथि यौन हमलाका विभिन्न विषयमा मुद्दा चलिरहेको छ । एक महिलाले ती पुरुषमाथि पार्टीका बेला गलत तरिकाले छोएको र यसको विरोध गर्दा बलात्कारको धम्की पनि दिएको आरोप लगाएकी छिन् । यद्यपि, उनीमाथि लागेका कुनै पनि आरोप पुष्टि भइसकेको छैन । 

डेलीमेलको रिपोर्ट अनुसार अदालतले युवकविरुद्धको आरोप सुनेपछि उनलाई सेक्सुअल रिस्ट्रेन्ट अर्डर थमाइदिएको छ । युवकमाथि १४ वर्षकी एक किशोरीसँग यौन सम्बन्ध स्थापित गर्ने कोसिसलगायतका  सात आरोप लागेका छन् । निर्माण क्षेत्रमा काम गर्ने यी पुरुषलाई दैनिक कामकाजमा कुरा नगरी नहुने महिलासँग मात्रै कुरा गर्न अनुमति दिइएको छ ।