रोनाल्डो बिना युभेन्टस विजयी, कोपा इटालीयाको सेमिफाइनलमा

१५ माघ, काठमाडौँ । युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्पाललाई ४-० गोल अन्तरले पराजित गर्दै युभेन्टस कोपाको सेमिफाइनलमा पुगेको हो ।

युभेन्टसको जितमा अल्भारो मोराटा, गियानलुका फ्राबोटा, डेजान कुलुसेभ्सकी र फेडेरिको चिएसाले एक एक गोल गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डोलाई आराम गराइएको थियो ।

अब कोपाको सेमिफाइनलमा युभेन्टसले इन्टर मिलानको सामना गर्ने भएको छ । एटलान्टा यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ भने एटलान्टाले अब सेमिफाइनलमा नापोली र स्पेजियाबीचको विजेतासँग खेल्ने छ ।