बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

१५ माघ, काठमाडौँ । बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै कोपाको क्वाटरफाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र फ्रेन्की डी जोंगले एक एक गोल गरेका थिए । त्यस्तै भल्लेकानोका लागि फ्रान ग्रासियाले एक गोल गरेका थिए ।

यस सिजनको कोपाको क्वाटरफाइनलमा अहिलेसम्म बार्सिलोनासहित लेभान्टे, रियल बेटिस, सेभिया, भिल्ला रियल र अल्मेरिया पुगिसकेका छन् ।