आइफोन-आइप्याड तुरुन्त अपडेट गर्न एप्पलले किन दियो सुझाव ?

१४ माघ, काठमाडौँ । एप्पलले आइफोन र आइप्याड प्रयोगकर्तालाई छिटो भन्दा छिटो आफ्नो फोन अपडेट गर्ने सुझाव दिएको छ । एप्पलको अपरेटिंग सिस्टम लाई ह्याकरहरुले आक्रमण गरेको र प्रयोगकर्ताको सूचना जोखिममा भएको कारण सेक्युरिटी बग्सलाई ठिक गर्न अपडेट गर्नुपर्ने बताएको छ ।
कम्पनीले आफ्नो आधिकारिक वेबपेजमा बताए अनुसार, तीन वटा समस्याको कारण प्रयोगकर्ताको सूचना जोखिममा परेको छ । तर कम्पनीले बग्सको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन र यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।
एप्पलको समस्या एउटा लिंक बाट शुरुवात भएको थियो जसमा थप बग्सहरु पाठाइएको थियो । कम्पनीले मंगलबार आइओएस १४.४ सफ्टवेयरमा सेक्युरिटी अपडेट पठाएको छ जसले बग्स समस्या समाधान हुने बताएको छ ।
बग्सको कारण किबोर्ड ल्याग हुने र साना क्यु आर कोड क्यामेराले रिड नगर्ने समस्या आएको थियो ।
एप्पलले दुई सुरक्षा मुद्दाहरू आफ्नो वेबकिटबाट पत्ता लगाएको छ, सफारीले प्रयोग गरेको ओपन सोर्स ब्राउजर इन्जिन र आईओएस ब्राउजर । एप्पलले हाल ह्याकरको बारेमा केहि जानकारी थाहा नभएको बताएको छ ।
एप्पलले आफ्नो उपकरणमा सुरक्षाको बारेमा निकै गर्वका साथ भन्ने गर्दछ तर आहिले ह्याकरले एप्पलको उक्त दावीलाई झुटो प्रमाणित गरेका छन् । पछिल्लो वर्ष गुगल रिसर्चरहरुले एप्पललाई आक्रमण गर्न सक्षम रहेको वेबसाइटहरु र कोडको बारेमा जानकारी सार्वजनिक गरेका थिए ।
जसमा एउटा आइओएस बगले पासकोड वा कुनै बायोमेट्रिक आइडेन्टिफिकेशन बिना नै आइफोनमा रहेको प्रयोगकर्ताको जानकारी सार्वजनिक गरेको थियो ।
कम्पनीले उक्त मामिला रिपोर्ट नभएसम्म यस समस्यालाई सार्वजनिक गरेको थिएन ।

प्रतिकृया दिनुहोस्