November 14, 2024, Thursday
२०८१ कार्तिक ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

बाइडेन र पुटिनबीच फोनवार्ता, उठ्यो चुनावमा हस्तक्षेपको विषय

१४ माघ, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन कुराकानी भएको छ । राष्ट्रपति बनेपछि बाइडेनले अन्तर्राष्ट्रिय नेताहरुसँग कुराकानी गर्नेक्रममा पुटिनसँग कुराकानी गरेको ह्वाइटहाउसले जनाएको छ ।

पुटिनसँगको कुराकानीमा बाइडेनले रुसले २०१६ को अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको कुरादेखि अहिले रुसमा भएका प्रदर्शनका विषयहरु उठाएको ह्वाइटहाउसले जनाएको छ ।

दुवै बाइडेन र पुटिन भविष्यमा फेरी कुराकानी गर्ने विषयमा सहमत भएको बताइएको छ । त्यस्तै कुराकानीपछिको रसियन विज्ञप्तिमा पुटिनले राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिएको उल्लेख छ ।

ह्वाइटहाउसको बयानमा पुटिनसँगको कुराकानीमा बाइडेनले अमेरिकाका सहयोगीलाई रुसले पुर्याएको क्षतिको विषयमा अमेरिकाले डिफेन्स गर्ने बताएको उल्लेख गरिएको छ ।

त्यस्तै रसियाले भने रुस र अमेरिकाको सम्बन्धलाई सामान्यीकरण गर्न पहल गर्नुपर्नेमा पुटिनले जोड दिएको उल्लेख छ । साथै विश्वमा शान्तिका लागि अमेरिका र रुस मिलेर काम गर्नुपर्नेमा पुटिनले जोड दिएको उल्लेख छ ।

साथै अमेरिका र रुसबीच हुनुपर्ने न्यूक्लियर सन्धि गर्ने विषयमा समेत छलफल भएको बताइएको छ । अर्को महिना सम्झौता सकिन लागेका सो सम्झौतालाई यस अघि डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्न अस्विकार गरेका थिए ।