काँग्रेस सभापति देउवासँग अमेरिकी राजदुत बेरीको भेटवार्ता

१३ माघ, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् ।

राजदुत बेरीले सोमबार साँझ सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।  

अमेरिकामा नयाँ राष्ट्रपतिको रुपमा जो बाइडेनले कार्यकाल शुरु गरेपछि बाइडेन प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्नेक्रममा राजदुत बेरीले काँग्रेस सभापति देउवालाई भेटेका हुन् ।

भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुन: दोहोर्याएका थिए ।

राजदुत बेरीले सोमबारनै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए । उनले यसअघि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।