टाउकोमै हान्नुपर्ने स्थिति आयो – प्रचण्ड

१२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टाउकोमा हान्नुपर्ने अवस्था आएकोले काठमाडौँमा थप आन्दोलनको आवश्यक भएको बताएका छन् ।

प्रचण्ड-नेपाल पक्षको प्रदेश २ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौँमा अझै विशाल प्रदर्शन गर्नुपर्ने बताउदै टाउकोमा नहानेसम्म नहुने बताएका छन् ।

उनले भने, ‘आवश्यकता भयो टाउकोमै हान्नुपर्ने स्थिति आयो । अन्त हान्दा त्यति चोट पुक्दैनकी भने निष्कर्षमा पुगियो । काठमाडौँमा अझ ठुलो प्रदर्शन र जनसभा गर्ने कार्यक्रमको मिती घोषणा हुन्छ ।’ 

प्रचण्डले संघर्षको विस्तृत कार्यक्रम संघर्ष समितिले घोषणा गर्ने भन्दै यस अघि गत शुक्रबार भन्दा ठुलो जनसभा काठमाडौँमा गर्नुपर्ने बताएका हुन् ।

प्रदेश केन्द्रित जनसभा गर्नु अगाडी अझै एक पटक काठमाडौँमा विशाल सभा गर्ने बताउदै प्रचण्डले गत शुक्रबारको कार्यक्रमले ठुलो तरंग गएको बताए ।

अब हुने प्रदर्शन निर्णायक हुने भन्दै प्रचण्डले सकारात्मक तिर निर्णय हुने तर्फ गएको बेला अब निर्णायक प्रदर्शन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।