प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गर्ने २६ अधिकारकर्मी पक्राउ

१२ माघ, काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने २६ अधिकारकर्मी पक्राउ परेका छन् ।
सोमवार प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उद्यम पुडासैनी लगायत २६ जना अधिकारकर्मीहरू पक्राउ परेका हुन् ।
सरकारले अदालतलाई प्रभावमा पार्न खोजेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरूले आपत्तिजनक अभिव्यक्ति दिइरहेको प्रति विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
पक्राउ पर्नेमा संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य लगायत छन् ।
विरोध प्रदर्शनमा सहभागिहरुले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रतिकृया दिनुहोस्