मेक्सिकोका राष्ट्रपति ओब्राडोरलाई कोरोना संक्रमण

१२ माघ, काठमाडौँ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुअल लोपेज ओब्राडोरलाई कोरोना संक्रमण भएको छ । राष्ट्रपति ओब्राडोरले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

६७ बर्षिय ओब्राडोरले आफुलाई संक्रमणको सामान्य लक्षण रहेको र आफ्ना प्रतिनिधि मार्फत काम गरिरहेको बताएका छन् ।

मेक्सिकोमा अहिलेसम्म १७ लाख भन्दा बढी संक्रमित भएका छन् भने डेढ लाख भन्दा बढीको कोरोनाबाट ज्यान गएको छ ।

यसैबीच राष्ट्रपति ओब्राडोरले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग कोरोनाको भ्याक्सिन स्पुतनिकका बारेमा कुरा गर्ने बताएका छन् ।