लिभरपुल एफए कपबाट बाहिरियो, म्यानचेस्टर युनाइटेड पाँचौ राउण्डमा

१२ माघ, काठमाडौँ । प्रिमियर लिग च्याम्पियन लिभरपुल एफए कपबाट बाहिरिएको छ । गएराती एफए कपको चौथो राउण्डको खेलमा म्यानचेस्टर युनाइटेडसँग ३-२ गोल अन्तरले पराजित भएपछि लिभरपुल एफए कपबाट बाहिरिएको हो ।

निकै प्रतिष्पर्धात्मक खेलमा खेलको ७८औ मिनेटमा ब्रुनो फर्नान्डेजले फ्रिकिकबाट गोल गर्दै युनाइटेडलाई विजयी बनाएका थिए ।

यस अघि लिभरपुलका लागि मोहमद सलाहले खेलको १८औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २६औँ मिनेटमा मासन ग्रीनवूडले खेलको २६औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि मार्कस राशफोर्डले ४८औ मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाएपनि सलाहले खेलको ५८औ मिनेटमा गोल गर्दै खेल २-२ गोलको बराबरी गरेका थिए ।

अब एफए कपको पाँचौ राउण्डमा म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग खेल्ने भएको छ ।