थप २७० जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

११ माघ, काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २७० जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ६९ हजार ४५० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४०३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६४ हजार १३७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४१३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ४३ हजार २५५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा १४५ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार ३१२ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २००१ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।