December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

ओली हिटलरको नेपाली संस्करण हुन् – माधव नेपाल

९ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली हिटलरको नेपाली संस्करण भएको बताएका छन् । 

प्रचण्ड-नेपाल पक्षले काठमाडौँमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई हिटलरसँग तुलना गर्दै ओली हिटलरको बाटोमा हिड्न खोजेको र उनी हिटलरको नेपाली संस्करण भएको बताए ।

अध्यक्ष नेपालले ओलीले संबिधानको धारा नै उल्लेख नगरेर राष्ट्रपतिको मा पत्र पठाएको सर्वोच्च अदालतमा पोल खुलेको टिप्पणी गरे । ओलीले पार्टीको अनुशासन अनुसार काम गरेकोले उनलाई अब कम्युनिष्ट पार्टीको सदस्य हुननै लायक नभएको भन्दै कारवाही गर्न स्पष्टिकरण सोधिएको नेपालले बताए ।

नेपालले ओलीले संबैधानिक कू भएको बताउदै निर्वाचित व्यक्तिले संबैधानिक कू गरेको आरोप लगाए । आफुहरु ओलीको एकाधिकारवाद र तानाशाही प्रवृतिको विरोधमा आन्दोलनमा रहेको भन्दै ओलीले आफुलाई बिधानभन्दा माथि ठानेको बताए ।
नेपालले ओलीसँग ५० बर्ष सहकार्य गरेपनि सधै दुख दिएको बताए ।

ओलीले जनतालाई आश्वासन बढी दिने र काम कम गरेको आरोप लगाएको बताउदै आफुहरुले अहिले गर्न सक्ने काम गर्न गरेको आग्रहलाई अस्विकार गरेको बताए ।

ओलीले पार्टी र संसदमा विवाद भएपछि राजिनामा दिनुपर्नेमा उल्टो पार्टी र संसदलाई नै सिध्याएको आरोप नेता नेपालले बताए ।

पार्टी एकतापछि कुनै नेताको सम्मान नगरेको भन्दै प्रचण्ड उपाध्यक्ष सरह हो भन्दै नेपालले एकताको सुरु देखिनै ओलीका क्रियाकलाप आपत्तिजनक रहेको बताए ।

ओलीसँग अरिंगालको झुण्ड र साइबर सेना मात्र रहेको बताउदै नेकपाको मूल पक्षको नेतृत्व आफुहरुले गरेको नेपालले बताए ।