कृषि विकास बैंकले माग्यो अधिकृतदेखि लेखापालसम्म ३२६ कर्मचारी (विज्ञापनसहित)

९ माघ, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि सयौंको संख्यामा जागिर खुलाएको छ।

वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियर, लेखापाललगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ। बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो।

बैंकले शुक्रबार गोरखापत्रमा सूचना निकालेर स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ। माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिन्छ।

हेर्नहोस विज्ञापन:

Gorkha-page-007.jpg