पर्थविरुद्ध सन्दीपको उत्कृष्ट बलिङ, २ विकेट लिए

९ माघ, काठमाडौँ । अस्ट्रेलियामा भइरहेको बिग बाश लिग अन्तर्गत अहिले जारी खेलमा सन्दीप लामिछानेले शानदार बलिङ गरेका छन् ।
अहिले जारी पर्थ स्कोर्चर्सविरुद्ध सन्दीपले आफ्नो स्पेलमा २ विकेट लिएका छन् ।
सन्दीपले ४ ओभरमा २७ रन दिएर २ विकेट लिएका हुन् ।
सन्दीपले पर्थका लियाम लिभिङस्टोन (२६) र मिचेल मार्श (७) लाई आउट गरेका छन् । टस जितेर पहिला ब्याटिंग गरिरहेको पर्थले अहिलेसम्म १५ ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको छ ।
सन्दीपले जारी बिग बाश लिगमा योसँगै ६ खेलमा ६ विकेट लिएका छन् । सन्दीप यस अघि खेलेका दुई खेलमा लगातार विकेटविहिन भएका थिए ।

प्रतिकृया दिनुहोस्