प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् । 

सामाजिक सञ्जाल ट्विटमार्फट उनले बाइडेनलाई शुभकामना तथा बधाई दिएका हुन् । बुधबार बाइडेनले वासिङटन डिसीस्थित ह्वाइटहाउसमा आयोजित कार्यक्रममा अमेरिकाका ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएका हुन्।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बाइडेनलाई बधाई र शुभकामना दिएका हुन्। उनले बाइडेनको सफल कार्यकालको शुभकामना दिँदै नेपाल र अमेरिकाको मित्रवत् सम्बन्धलाई प्रगाढ बनाउन बाइडेन प्रशासनसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्।  

Capture.JPG