विहिबार सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

८ माघ, काठमाडौँ । विहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ६ सयले बढेर प्रतितोला ९३ हजार १ सयले कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्यमा पनि वृद्धि भएय्को छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।