चीनद्वारा अमेरिकी पूर्व विदेशमन्त्री पोम्पियोसहित २८ जनामाथि प्रतिबन्ध
८ माघ, काठमाडौँ । चीनले ट्रम्प प्रशासनमा विदेशमन्त्री रहेका माइक पोम्पियोलाई चीन र चीनका स्वशासित क्षेत्रमा प्रतिबन्ध लगाएको छ ।
विदेशमन्त्रीको रुपमा आफ्नो कार्यकालको अन्तिम समयमा पोम्पियोले चीनको मुस्लामानका बारेमा गरेको टिप्पणीमाथि चीनले आपत्ति जनाउदै पोम्पियोलाई प्रबन्ध लगाएको हो ।
एक विज्ञप्ति मार्फत चिनिया विदेश मन्त्रालयले यी अमेरिकी राजनेताको बयान अमेरिकी जनताको हितमा नभएको भन्दै सुनियोजित रुपमा चीनको आन्तरिक मामिलामा दखल दिएको आरोप लगाएको छ ।
चीनले पूर्व विदेशमन्त्री पोम्पियोसहित ट्रम्प प्रशासनका २८ जनामाथि प्रतिबन्ध लगाएको छ । चीनले पोम्पियोसहित २८ जना;लाई चीन, हङकङ र मकाउ जान प्रतिबन्ध लगाएको छ भने उनीहरुसँग सम्बन्धित कम्पनिले चीनमा कुनै पनि किसिमको व्यापार गर्न पनि प्रतिबन्ध लगाएको छ ।
पोम्पियोले आफ्नो कार्यकालको अन्तिम समयमा गत मंगलबार चीनले विगर मुसलमानलाई दमन गरेर नरसंहार गरेको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘ मेरो बुझाई छ की चीनको जनसंहार अहिलेपनि जारी छ । हामीले देखेका छौं, चीनको कम्युनिष्ट पार्टीको सरकार सुनियोजित तरिकाबाट विगरहरुलाई बर्बाद गरिरहेको छ ।’
अमेरिकाको नयाँ विदेशमन्त्री बन्न लागेका एन्टोनी ब्लिंकनले पनि पोम्पियोको भनाईको समर्थन गरेका छन् ।
प्रतिकृया दिनुहोस्