बाइडेनलाई ईरानको सन्देश – तपाई आफ्नो प्रतिबद्धता पुरा गर्नुहोस्, हामी पनि गर्नेछौं

८ माघ, काठमाडौँ । नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनलाई इरानका राष्ट्रपति हसन रूहानीले सन् २०१५ को इरान परमाणु सम्झौतामा पुन: विचार गर्न अपिल गरेका छन् र उनले इरानमा लगाइएको प्रतिबन्ध हटाउन पनि माग गरेका छन् । इरानको क्याबिनेटको एक महत्वपूर्ण बैठकमा राष्ट्रपति हसन रूहानीले नयाँ अमेरिकी राष्ट्रपतिलाई अन्तराष्ट्रिय सम्झौताको सम्मान गर्नुपर्ने बताएका छन् ।

उनले भने, “यदि अमेरिकाले यस्तो गरे, इरानले पनि सकारात्मक प्रतिक्रिया दिनेछ । यदि बाइडेनले प्रयास गरे र अन्तराष्ट्रिय सम्बन्धको सम्मान गर्दछन् भने हामी इमान्दारीले आफ्नो जिम्मेवारी निभाउने छौं ।”

उनले भने, “आउँदो चार वर्षमा नयाँ राष्ट्रपतिलाई मिहेनत गर्नुपर्ने हुन्छ जसको कारण देशहरुबीच सम्बन्ध सुधार हुनेछ ।” इरानमा प्रतिबन्ध लगाइएको अमेरिकी नीतिलाई उनले आर्थिक आतंकवाद भएको  र इरानलाई ध्वस्त बनाउने ट्रम्पको प्रयास व्यर्थ प्रमाणित भएको बताएका छन् ।

उनले भने, “पछिल्लो तीन वर्षमा मानिसहरुले थुप्रै समस्याको सामाना गरे तर ट्रम्पको नीति असफल भयो । हाम्रो जनताले यसको विरोध गर्दौ आएका छन् र यसको सामना गरेका छन् ।” हसन रूहानीले भने, कोरोना खोप खरिद गर्ने इरानको प्रयासमा अमेरिकाले समस्या उत्पन्न गर्यो र खोप खरिद गर्न इरानलाई रोकियो ।

उनले भने, ”प्रतिबन्ध भएपनि तेल बाहेक अन्य वस्तुहरुको निर्यातमा हाम्रो स्थिति सुधार भएको छ र यसको मतलब हामीलाई दवावमा राख्ने अमेरिकी नीति असफल भएको हो ।”

उनले बाइडेनको लागि भने, “ उनले बितेको समयमा भएको घटनाहरुबाट सिक्नुपर्दछ । ट्रम्पको कार्यकाल सकिएको छ तर परमाणु सम्झौता अझै पनि जीवित छ र यस सम्झौतामा सहभगी देशमा भर पर्छ की त्यसलाई कसरी अगाडी बढाउन सकिन्छ ।”

उनले भने, “यदि ट्रम्पले इरानको विरुद्धमा षड्यन्त्र नगरेको भए इरानले सहज रुपमा अन्तराष्ट्रिय बजारमा तेल निर्यात गर्दथ्यो र इरानको स्थिति अहिलेको भन्दा राम्रो हुने थियो ।”

उनले भने, “ उनी हाम्रो देशमा हिंसा उत्पन्न गर्न चाहन्थे, र हामीलाई पुरै ध्वस्त गर्ने प्रयासमा थिए । यदि उनले इमान्दारिताको साथमा काम गरेको भए सबै समस्या समाधान हुन सक्थ्यो, यदि उनले आफ्नो प्रतिवद्दता पुरा गरे भने हामी एक घण्टामा नै आफ्नो प्रतिवद्दता पुरा गर्न तयार छौं ।”

तर उनले इरानको नयाँ सर्तहरु तीन वर्ष पहिलाको नहुने स्पष्ट गरेका छन् ।

यस भन्दा पहिला बाइडेन प्रशासनमा रक्षा मन्त्रीको पद सम्हाल्ने एन्टोनी ब्लिंकेनले इरान संग भएको परमाणु सम्झौतामा अमेरिका सहभागी हुने वा नहुने भन्ने विषयमा अमेरिकाले छिट्टै केहि निर्णय नगर्ने बताएका छन् ।