प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

८ माघ, काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
बैठक शुरु हुनासाथ सभामुखले प्रदेश प्रमुखले पठाएको हिउदे अधिवेशनको पत्र पढेपछि सभामुखले अर्को सूचना नभएसम्म प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएपछि प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
अब प्रदेश सरकारको भविष्य के हुन्छ भन्ने यो अधिवेशनले टुंगो लगाउने छ ।
प्रचण्ड-नेपाल पक्षले प्रदेश १ मा ३७ सासंदको हस्ताक्षरसहित पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेपनि अहिलेसम्म ५ जनाले हस्ताक्षर फिर्ता लिएका छन् । तर मंगलबार भएको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकमा ३३ जना सांसद उपस्थित भएको बताइएको छ ।
९३ सदस्यीय प्रदेश सभामा अविश्वास प्रस्ताव पारित गर्न ४७ मत आवश्यक पर्ने गर्दछ ।

प्रतिकृया दिनुहोस्