तस्बीरमा अमेरिकाको सत्ता हस्तान्तरण
८ माघ, काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले शपथ लिएका छन् । वाशिंटन डिसीस्थित क्यापिटोल हिलमा आयोजित भव्य समारोहमा नवनिर्वाचित राष्ट्रपति बाइडेनले अमेरिकाको ४६औ राष्ट्रपतिको रुपमा शपथ लिएका छन् ।
साथै नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले पनि पदको शपथ लिएकी छन् । ह्यारिस अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति माइक पेन्स, पूर्वराष्ट्रपतिहरु विल क्लिन्टन, जर्ज डब्लु बुस, बराक ओबामाको समेत उपस्थिति थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प भने शपथग्रहण समारोहमा सहभागी भएनन् ।
कार्यक्रममा चर्चित अमेरिकी गायिका लेडी गागाले राष्ट्रिय गान गाएकी थिइन् ।
अमेरिकी परम्परागत धार्मिक चलन अनुसार बाइडेनले शपथ लिनुअघि सपरिवार चर्च पुगेर प्रार्थना सभामा सम्मिलित भएका थिए । प्रार्थना सभामा अमेरिकी काँग्रेसका नेताहरुसमेत सम्मिलित रहेका थिए ।
(सबै तस्बीरहरु बिभिन्न एजेन्सी र सिएनएनबाट साभार)
प्रतिकृया दिनुहोस्