सानिया मिर्जाले कोरोना मुक्त भएपछि भनिन् – यो भाइरस मजाक होइन

७ माघ, काठमाडौँ । भारतीय टेनिस स्टार सानिया मिर्जाले कोरोना जितेकी छन् । सामाजिक संजालमा एक भावुक पोष्ट गर्दै सानियाले आफु कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएकी छन् । 

जनवरी महिनाको शुरुमै आफुलाई संक्रमण भएपनि आफु अहिले ठिक भएको सानियाले जानकारी गराएकी छन् । 

सानियाले आफुलाई कुनै गम्भीर लक्षण नदेखिएको बताउदै दुई बर्षको बच्चा र परिवारबाट अलग बस्नु पर्दा निकै मुश्किल भएको बताएकी छन् । 

आफुले सावधानी अपनाउदा अपनाउदै पनि कोरोनाको चपेटामा आएको सानियाले सबैलाई मास्क अनिवार्य लगाउन र पटक पटक हात धुन अपिल समेत गरेकी छन् । 

यो भाइरस कुनै मजाक होइन भन्दै टेनिस स्टार सानियाले आफ्नो परिवार र साथीहरुको लागि सावधानी अपनाउन आग्रह गरेकी छन् ।