किन पुटिनले लगाए माइनस १४ डिग्री पानीमा डुबुल्की ? (भिडियोसहित)

७ माघ, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले माइनस १४ डिग्री तापक्रमको पानी रहेको पुलमा डुबुल्की मारेको तस्वीर सार्बजनिक भएको छ । बर्फिलो पानीमा पुटिनले नुहाउदै गरेको तस्वीर रुसी राष्ट्रपतिको आधिकारिक ट्वीटरबाट सार्बजनिक गरिएको हो ।
पुटिनले रुसको राजधानी मस्कोस्थित एक क्रस आकारको पुलमा डुबेर नुहाएको उल्लेख गरिएको छ ।
रुसी टेलिभिजनमा यसको भिडियो समेत देखाइएको छ, जसमा पुटिनले बर्फिलो पानीमा पुटिनले तीन पटक डुबेर नुहाएको देख्न सकिन्छ ।
पुटिनले यति चिसो पानीमा नुहाएको विषय इसाई धर्मको एक कर्म गर्ने क्रममा गरेको बताइएको छ । इसाई धर्मावलम्बीहरुले मनाउने फिस्ट डे अर्थात एपिफिनीको अवसरमा पुटिनले बर्फिलो पानीमा नुहाएका हुन् । एपिफिनीको अवसरमा इसाई धर्म मान्नेहरुले नदी, झील या पोखरीमा डुबेर इसाई मसीहलाई याद गर्ने गर्दछन । ६८ बर्षिय राष्ट्रपति पुटिनले पनि सोहि क्रममा पुलमा डुबेको बताइएको छ । कम्युनिष्ट शासनमा हुर्किएका पुटिनले राष्ट्रपतिको रुपमा उनी एक धर्मनिष्ट इसाईको रुपमा रहेको मानिन्छ ।
एपिफिनीको अवसरमा बर्फिलो पानीमा डुबेर इसाईलाई सम्झिएमा सारा पाप नष्ट हुने मान्यता रहेको छ ।

प्रतिकृया दिनुहोस्