अमेरिका हिडेका हजारौं आप्रवासीलाई ग्वाटेमालामा रोक्न बल प्रयोग
![](https://khasakhabar.com/wp-content/uploads/2021/01/kabi-1.png)
६ माघ, काठमाडौँ । अमेरिका जानको लागि अगाडी बढ्दै गरेका सेन्ट्रल अमेरिकी आप्रवासीहरुले ग्वाटेमालामा सुरक्षाकर्मी द्वारा प्रहार गरिएको लाठीचार्ज तथा अश्रुग्यासको सामना गर्नुपरेको छ । आइतबार होन्डुरस संगको सिमानामा हजारौं आप्रवासीलाई रोक्नेक्रममा उक्त झडप भएको हो । सरकारले कुनैपनि गैर-कानुनी जनअभियान स्वीकार्य नभएको बताएको छ ।
होन्डुरसबाट पछिल्लो केहि दिनमा करिब सात हजार मानिस, गरिबी र हिंसाको कारण आप्रवासीको रुपमा अमेरिका जाने प्रयासमा छन् । उनीहरु पहिला मेक्सिको पुग्ने र त्यसपछि अमेरिकी सिमाना पार गर्ने योजनामा रहेको बताएका छन् ।
हरेक वर्ष सेन्ट्रल अमेरिकाबाट दशौँ-हजारौं आप्रवासीहरु अमेरिका प्रवेश गर्ने प्रयासमा हुन्छन् र प्रायजसो उनीहरु हिँडेर अमेरिका जाने गर्दछन् । ती आप्रवासीलाई “क्याराभान” भानिन्छ ।
डेमोक्रेटका निर्वाचित राष्ट्रपति जो बाइडेनले , वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लागु गरिएको कडा आप्रवासी कानुनलाई परिवर्तन गरेर केहि लचिलोपन लागु गर्ने घोषणा गरेका छन् ।
तर आउँदो बुधवारबाट कार्यकाल शुरुवात हुने बाइडेनको प्रशासनले आप्रवासी कानुन रातभरिमा परिवर्तन नहुने र कानुनमा केहि परिवर्तन गर्न समय लाग्ने बताएको छ ।
ग्वाटेमाला प्रवेश पछि के हुनेछ ?
आप्रवासीहरु ग्वाटेमाला हुँदै मेक्सिकोको सिमानातर्फ जानेछन् तर उनीहरुलाई सुरक्षाकर्मीले दक्षिण-पुर्वमा रहेको भडो होन्डो गाउँमा रोक्ने प्रयास गर्नेछन् । सुरक्षाकर्मी र प्रहरीले बाटो बन्द गर्ने तथा अगाडी बढ्न रोक्नेछन् ।
कतिपय मानिसहरु प्रहरी तथा सैनिकलाई धकेलेर पार गर्ने प्रायस गर्दछन् त्यसैले यस अभियानमा थुप्रै घाइते हुने गरेका छन् । ग्वाटेमालाको चीक्वीमुला शहरमा प्रहरी नियन्त्रणमा होन्डुरान प्रवासीहरूसँग थुप्रै ग्वाटेमेला सैनिकहरू भिडन्त भएको छ ।
कतिपय प्रवासीहरुलाई फर्काइनेछ भने कतिपयले भने त्यहिँ नजिकै बस्ने र पछि प्रयास गर्ने गर्दछन् ।
अन्य आप्रवासी नजिकैको पहाडमा लुक्न जानेगर्दछन् ।
ग्वाटेमालाका प्रवासी एजेन्सीका प्रमुख गुलेर्मो डाज भन्छन्, “भाग्यवश सुरक्षा सेनाले आकस्मिक योजनाको स्थापना गर्यो र यो लडाईलाई नियन्त्रण गर्यो ।”
ग्वाटेमालाको राष्ट्पति कर्यालयले कुनैपनि गैरकानुनी जनअभियान स्वीकार्य नहुने त्यसैले छिमेकी मुलुकको सहयोगमा यस प्रयासलाई रोक्ने बताएको छ ।
सरकारले ती आप्रवासीहरु मध्ये २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
किन यति धेरै मानिस थपिदै छन् ?
यी आप्रवासीहरु आफ्नो देशमा भइरहेको दैनिक हिंसा, आक्रमण र गरिबीको कारण अमेरिका जानको लागि हिडेका हुन् । पछिल्लो नोभेम्बरमा आएको दुई वटा शक्तिशाली आँधीबेहरीले सेन्ट्रल अमेरिकाको स्थिति झन् नाजुक बनाएको छ ।
अमेरिका जाने यात्रामा रेहका एक आप्रवासी इस्माइल एलियाजर भन्छन्, “अझै पनि त्यहाँ सबैतिर माटो छ र सबै ध्वस्त भयो, हामीले सबै गुमाएका छौं ।”
राम्रो जीवनको आशामा उनीहरु अमेरिका जान हिडेका हुन् र त्यहाँ काम र सुरक्षाको अपेक्षा गर्दैछन् ।
आफ्नो छोरीसंगै यात्रा गरिरहेकी २३ वर्षीय आप्रवासी डायना हिनेस्ट्रोसा भन्छिन्, ” हामीसंग कुनै काम छैन, खाना छैन, त्यसैले अमेरिका जान हिडेका छौं ।”
बाइडेनले अमेरिकामा आप्रवासी माथि लगाइएको कडा कानुनमा केहि खुकुलो हुने संकेत दिएका कारण आप्रवासीको संख्यामा वृद्धि भएको छ ।
यसले अमेरिकी सरकारको प्रशासनमा कस्तो प्रभाव हुन्छ?
बाइडेनको टिम सदस्यहरुले सेन्ट्रल अमेरिकाबाट सिमानासम्मको जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ । एनबीसी न्युजलाई बाइडेनका प्रशासन एक अज्ञात अधिकारिले अमेरिकामा शरणार्थीको रुपमा आउने प्रयास गर्ने आप्रवासीलाई अहिले अमेरिकामा प्रवेस गर्न असम्भव भएको बताएका छन् ।
बाइडेनको प्रशासनले सबैभन्दा पहिला अमेरिकामा रहेका आधिकारिक कागजपत्र नभएका आप्रवासीको समस्या समाधान गर्नेछ तर अमेरिकाको लागि हिडेका आप्रवासीलाई केहि गर्न नसकिने बताएका छन् ।
बाइडेनकी नीति सल्लाहकर सुजन राइस भन्छिन्, “सिमानामा प्रवेश गर्ने क्षमता सोचेजस्तो सजिलो छैन, यो चाहेको समयमा खुला गर्ने र नचाहेको समयमा बन्द गर्नेजस्तो होइन ।”
उनी भन्छिन्, “आप्रवासी र शरणार्थीको रुपमा अमेरिकामा सहारा खोज्दै आएकाहरुलाई अन्य क्षेत्रले बेचको योजनामा विश्वास गर्नुहुँदैन, उनीहरु मानिसलाई सिमाना एक दिन सबैको लागि खुला हुने बताउछन् तर यस्तो कहिले हुँदैन ।”
अमेरिकी कस्टम अफिसर तथा सिमाना प्रहरी, मार्क मोर्गन भन्छन्, “दक्षिणी सिमानामा आउन प्रायस गरिरहेका आप्रवासी, पैसा र समय नष्ट गरिरहेका छन् ।”
उनले भने, “अमेरिकी कानुनको शासन र जन-स्वास्थ्यमा प्रशासनको परिवर्तनले कुनै प्रभाव हुँदैन ।”
करिब दर्जनौं उस्तै समूहका र हजारौं आप्रवासीहरुले पछिल्लो केहि वर्षमा सेन्ट्रल अमेरिका छाडिसकेका छन् ।
सन् २०१८ अक्टोबरमा अहिलेसम्मको सबै भन्दा ठुलो समुहले अमेरिका प्रवेशको प्रयास गरेका थिए, जसको कारण राष्ट्रपति ट्रम्पले कडा कानुन लागु गर्नुपरेको थियो । तर सबैले ट्रम्पको नेतृत्वमा प्रतिरोधको समर्थन गर्दै मेक्सिको, ग्वाटेमाला, होन्डुरास र एल साल्भाडोरलाई उत्तरी क्षेत्रका आप्रवासीको अवैध स्थानान्तरण रोक्न दबाब दिएका थिए ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्