वेभ सिरिज ताण्डवको विवाद के हो ? निर्माण पक्षले माग्यो माफी

६ माघ, काठमाडौँ । अमेजन प्राइममा रिलिज हुनलागेको वेभ सिरिज ताण्डवको विवाद बढिरहेका बेला सिरिजका कलाकार र निर्माण पक्षले माफी मागेको छ ।
सिरिजका निर्देशक अलि अब्बास जफरले एक विज्ञप्ति सार्बजनिक गर्दै बिना शर्त माफी मागेका छन् ।
बयानमा सिरिज बनाउनुको उदेश्य कसैको भावना र आस्थामा ठेस पुरयाउने नभएको उल्लेख गरिएको छ । सिरिज कल्पनामा आधारित भएको भन्दै कुनै व्यक्ति या घटनासँग मिल्ने भएमा यो संयोग मात्र हो भनिएको छ ।
सिरिजका केहि सिनको बारेमा आपत्ति जनाइएको छ । सोमबार भारतको उत्तरप्रदेशमा सिरिजको विरुद्ध प्रहरीमा सिकायत समेत गरिएको छ । सिकायतमा सिरिजले हिन्दुको भावनामा ठेस पुर्याइएको उल्लेख छ ।
सिरिजमा अभिनेता जिशान अय्युबको एक सिनमा आपत्ति जनाइएको छ ।
सिरिज जनवरी १५ मा अमेजन प्राइममा रिलिज भएको छ । यस सिरिजमा सैफ अली खान, डिम्पल कपाडिया, तिग्मान्शु धुलिया, जीशन अय्युब, सुनील ग्रोबर, गौहोर खान, कृतिका कामरा लगायतका कलाकारको अभिनय रहेको छ ।
एक राजनीतिक ड्रामा रहेको वेभ सिरिज टाइगर जिन्दा है, सुल्तान जस्ता चर्चित फिल्म निर्देशन गरेका निर्देशक जफरले निर्देशन गरेका छन् ।

प्रतिकृया दिनुहोस्