पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदुतमा नियुक्त

६ माघ, काठमाडौँ । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदुतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रेग्मीलाई बेलायतको राजदुतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले रेग्मीलाई बेलायतको राजदुतमा नियुक्त गरिएको जानकारी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ साल माघ ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

प्रतिकृया दिनुहोस्