पछिल्लो २४ घण्टामा २६६ संक्रमित थपिए, ५ जनाको मृत्यु
४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख १२ हजार ४ सय ५२ पुगेको छ।
आइतबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय २१ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ४ सय जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल २ सय ७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६९ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ३ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा ६० आइसियु र २० भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० आइसियु र ६ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा २ जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा १ आइसियुमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्