भारतमा कोरोनाबाट २४ घण्टामा १८१ जनाको मृत्यु

४ माघ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १८१ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ५२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ५२ हजार २७४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ हजार १४४ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । भारतमा कुल संक्रमित एक करोड ५ लाख ५७ हजार ९८५ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड १ लाख ९६ हजार ८८५ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा १७ हजार १७० जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा २ लाख ८ हजार ८२६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १८ करोड ६५ लाख ४४ हजार ८६८ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७ लाख ७९ हजार ३७७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।