कोरोना महामारीले नयाँ गगनचुम्बी भवन निर्माणमा २० प्रतिशत कमि

४ माघ, काठमाडौँ । कोरोना महामारीको कारण विश्वमा अग्ला भवन निर्माण कार्य प्रभावित भएको छ । उच्च भवन र शहरी आवासमा परिषद (काउन्सिल अफ टल बिल्डिङस एण्ड अर्बन ह्याबीटाट, सीटिबियुएच) विश्वव्यापीरुपमा सन् २०२० मा गगनचुम्बी भवन निर्माणमा २० प्रतिशत कमि आएको हो ।

पछिल्लो वर्ष एक सय छ वटा, दुई सय मिटर(३५६ फिट) वा सो भन्दा अग्लो भवन निर्माण सम्पन्न गरिएको छ । सन् २०१९ मा एक सय ३३ वटा भवनको निर्माण कार्य पुरा भएको थियो ।

सन् २०१४ पछि यो सबै भन्दा कम भवन निर्माण हो ।

परिषदको वार्षिक प्रतिवेदन अनुसार, कोभिड-१९ को कारण भवन निर्माण अलपत्र परेका छन् र लकडाउन तथा यात्रा प्रतिबन्धले काम सुचारु हुन सकेको छैन । त्यसैले निर्माणकर्ताहरु समस्याको सामना गर्दै छन् ।

चीन विश्वमा सबैभन्दा धेरै भवन निर्माण गर्ने राष्ट्र हो तर यस वर्ष चीनको गगनचुम्बी भवन निर्माण पनि महामारीले प्रभाव पारेको छ ।

चीनले सन् २०१९ मा ५६ वटा दुई सय मिटर वा सो भन्दा अग्लो भवन बनाएको थियो तर यस वर्ष निर्माण कार्य सम्पन्नमा ४० प्रतिशतले कमि आएको छ ।

कोरोना महामारीको प्रभाव भएपनि चीनमा व्यापक परिवर्तन भयो र ऋण कम गर्दै चीनले उच्च भवन निर्माणको लागि आधिकारिक दृष्टिकोण परिवर्तन गर्ने निर्णय गर्यो । सन् २०१६ मा राज्य सभाले भव्य, जिर्ण तथा अजीव शैलीको भवनललाई पाँच सय मिटर भन्दा अग्लो बनाउन नपाउने गरि प्रतिबन्ध लगायो ।

विश्वमा निर्माण हुने दुई सय भन्दा अग्लो भवन बनाउने राष्ट्रमा आधा चीनमा हुने गर्दछन् । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा ३३९ मिटर अग्लो भवन बनेको छ ।

चीनमा निर्माण कार्य ढिला भएपनि अन्य राष्ट्रहरु भने यस वर्ष थुप्रै गगनचुम्बी भवन निर्माण गर्न सफल भएका छन् । पछिल्लो वर्षको तुलनामा दुबईले १२ वटा भवन बनाएको छ ।

न्युयोर्क सिटिले यस वर्ष दुई वटा अग्लो भवन निर्माण गरेको छ । सेन्ट्रल पार्क टावर (४२७ मिटर) र ४२७ टावर (१४०१ फुट), यो पछिल्लो पाँच वर्षमा चीन भन्दा बाहिर अन्य देशमा बनेको पहिलो भवन हो ।

भारत र मेक्सिकोले पनि अहिले सम्मको सबै भन्दा भव्य अग्लो भवन बनाएका छन् ।