December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

सर्वोच्चका न्यायाधिशलाई भेटेको छैन – प्रधानमन्त्री ओली

४ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सर्वोच्चका न्यायाधिशलाई नभेटेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्ष को प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले सर्वोच्चका न्यायाधिशलाई चिन्दा पनि नचिनेको बाताउदै सर्वोच्च अदालतमाथि आक्रमण भएको बताएका छन् ।

आफुले न्यायाधिश सपना प्रधान मल्ललाई न्यायाधिश हुनुअघि कार्यक्रममा भेटेको तर अन्य न्यायाधिशलाई आफुले सायद चिन्दा पनि नचिनेको बताएका छन् ।

उनले सर्वोच्च अदालतमाथि पनि आक्रमण गरेर गलत परिपाटी स्थापित गर्न खोजिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आफुले प्रतिनिधिसभा विघटन गर्दा संबिधानको धारा उल्लेख नगरिएको भन्दै विवाद झिक्न खोजिएको बताए । उनले प्रधानमन्त्रीले संबिधान अनुसार नै विघटन गरेको बताउदै प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर विघटन गरेको दाबि गरे ।