परराष्ट्रमन्त्री ज्ञवाली रित्तो कुटुरो बोकेर फर्किए – डा. बाबुराम भट्टराई

४ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालला संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रित्तो कुटुरो बोकेर स्वदेश फर्किएको टिप्पणी गरेका छन् ।

तीन दिनको भारत भ्रमण सकेर आजै स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको विषयमा टिप्पणी गर्दै डा. भट्टराईले कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’ ‘छळफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्किएको बताएका छन् ।  

डा. भट्टराईले देशको जटील भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ टिप्पणी गरेका छन् । 

उनले भनेका छन् – 

विदेशमन्त्री ज्ञवाली कुवेलाको भारतभ्रमणपछि ‘कुराकानी भएको’ ‘छळफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ ! देशको जटील भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ !