जितसँगै पिएसजी लिग वानको शिर्ष स्थानमा उक्लियो
४ माघ, काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले एंगर्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले एंगर्समाथि १-० गोल अन्तरको जित हासिल गरेको हो ।
पिएसजीको जितमा खेलको ७०औँ मिनेटमा लायिभिन कुर्जावाले गोल गरेका थिए ।
यस खेलमा पिएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई कोरोना संक्रमण भएका कारण आइसोलेसनमा रहेका उपलब्ध थिएनन् ।यो जितपछि पिएसजी लिग वानको शिर्ष स्थानमा उक्लिएको छ ।
पिएसजी दोस्रो स्थानमा रहेको लियोनलाई २ अंकले उछिनेको छ । पिएसजीको २० खेलमा ४२ अंक भएको छ ।
त्यस्तै एंजर्सको भने २० खेलमा ३० अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस्