November 13, 2024, Wednesday
२०८१ कार्तिक २८, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

नेपालले दियो भारतको ‘कोभिसिल्ड’ कोरोना भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति

An official displays a vial containing COVISHIELD, a coronavirus disease (COVID-19) vaccine manufactured by Serum Institute of India, after a consignment of the vaccines arrived from the western city of Pune for its distribution, inside a vaccination storage centre in Ahmedabad, India, January 12, 2021. REUTERS/Amit Dave

२ माघ, काठमाडौं । नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएको छ। 

औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए।

कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।