आजको संबैधानिक इजलास गठन, यसअघिकै न्यायाधिश दोहोरिए

२ माघ, काठमाडौँ । संसद विघटनविरुद्ध परेको रिटको सुनुवाई गर्न आजको संबैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यस अघि बुधबारको इजलासमा रहेका पाँच जनाको नामनै तोकेका छन् ।

आजको संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

गत पुस १० गतेदेखि शुरु भएको सुनुवाई अहिलेसम्म संसद विघटनविरुद्धको रिट संबैधानिक इजलासमा गर्ने वा बृहत पूर्ण इजलासमा गर्ने भन्ने बारेमै बहस भइरहेको छ ।

सम्भवत आज यस विषयलाई टुंगो लगाइने बताइएको छ । यसअघि बुधबार भएको बहस नसकिएपछि प्रधानन्यायाधीश राणाले आजका लागि इजलास तोकेका थिए ।