रियल म्याड्रिडलाई पराजित गर्दै एथलेटिक बिल्बाओ सुपरकोपाको फाइनलमा

२ माघ, काठमाडौँ । रियल म्याड्रिड स्पेन सुपरकोपामा पराजित भएको छ । 

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एथलेटिक बिल्बाओ फाइनलमा पुगेको छ । 

एथलेटिक बिल्बाओका  लागि राउल ग्रासियाले दुई गोल गरेका थिए भने रियल म्याड्रिडका लागि एक गो करिम बेन्जमाले गरेका थिए ।

अब सुपरकपको फाइनलमा एथलेटिक बिल्बाओ फाइनलमा बार्सिलोनासँग खेल्ने भएको छ । 

स्पेनिस सुपरकोपामा गत सिजनको ला लिगा च्याम्पियन, ला लिगाको उपविजेता र गत सिजनको कोपा डेल रेका दुई फाइनालिष्ट गरि चार टिम खेल्ने गर्दछन् । 

अब सुपरकोपाको फाइनल जनवरी १७ मा हुने छ ।