पिएसजीले लगातार आठौ पटक जित्यो ट्रफी डेज च्याम्पियन्सको उपाधि

१ माघ,  काठमाडौँ । पिएसजीले मार्सेलीलाई पराजित गर्दै ट्रफी डेज च्याम्पियन्सको उपाधि जितेको छ । गएराती भएको खेलमा पिएसजीले मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा नेइमार र माउरो इकार्डीले एक एक गोल गरेका थिए । त्यस्तै मार्सेलीका लागि डिमीट्री पायटले एक  गोल गरेका थिए ।

ट्रफी डेज च्याम्पियन्स फ्रान्सको लिग वान विजेता र कोप डे फ्रान्सको विजेत बीच खेलिने गर्दछ ।

ट्रफी डेज च्याम्पियन्सको उपाधि योसहित लगातार आठौ पटक पिएसजीले जितेको छ ।

साथै पिएसजीका नयाँ प्रशिक्षक माउरिचियो पोचेट्टीनोले पिएसजीमा आफ्नो पहिलो ट्रफी जितेका छन् ।