अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतामा अहिले जस्तो हमला कहिल्लै भएको थिएन – ट्रम्प
२९ पुस, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अभिव्यक्तिको स्वतन्त्रतामा अहिले जति हमला कहिल्लै नभएको बताएका छन् ।
टेक्सासमा अमेरिका र मेक्सिकोबीचको पर्खाल हेर्न पुगेका राष्ट्रपति ट्रम्पले बोल्ने स्वतन्त्रतामा अहिले हमला भइरहेको प्रतिक्रिया दिएका छन् ।
साथै ट्रम्पले आफूमाथि संबिधानको २५औ संशोधनको कुनै खतरा नभएको बताए । उनलाई संबिधानको २५औ संशोधन अनुसार उपराष्ट्रपतिको पहलमा बहुमत क्याबिनेट सदस्यले तुरुन्त पदबाट हटाउने पहल भइरहेका बेला ट्रम्पले यस्तो प्रक्रिया दिएका हुन् ।
साथै ट्रम्पले यसबाट बाइडेन र बाइडेन प्रशासनलाई कुनै नोक्सान नहुने बताएका छन् ।
ट्रम्पले महाअभियोग एक छल भएको बताउदै अहिलेको समय घाउमा मलम लगाउने समय भएको बताए ।
अमेरिकी तल्लो सदनमा ट्रम्पविरुद्ध महाअभियोग बारे छलफल शुरु भएको छ भने विहिबार मतदान हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्