पछिल्लो २४ घण्टामा ४३० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

२८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा देभभर ४३० जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३०० जनाको पिसिआर परिक्षणमा ४३० जनामा कोरोना संक्रमण देखिएको हो। 

हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ।  ३९० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै  २ लाख ५९ हजार ३५८ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन्।

आज ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या  १ हजार ९३२ पुगेको छ।

आज देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। २३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।