भारतको संकट बढ्यो, बुमारह र जडेजा चौथो टेस्टबाट बाहिरिए
२८ पुस, काठमाडौँ । अस्ट्रेलिया टुरमा रहेको भारतीय क्रिकेट टिमलाई खेलाडीको इन्जुरीले समस्यामा पारेको छ । यसैक्रममा १५ जनवरीदेखि शुरु हुने चौथो टेस्ट अगाडी तिब्रगतिका बलर जसप्रित बुमराह घाइते भएका छन् ।
बुमराह घाइतेभएपछि ब्रिसबेनमा हुने चौथो टेस्टबाट बाहिरएका छन् । अब बुमराहको ठाउमा श्रदुल ठाकुर या टी नटराजनले मौका पाउन सक्ने बताइएको छ
यस अघि भारतका अस्ट्रेलिया टुरमा गएका खेलाडी घाइते हुदै टिमबाट बाहिरएपछि भारतको संकट बढेको छ ।
बमराह भन्दा अगाडी तेस्रो टेस्टमा अलराउण्डर रविन्द्र जडेजा घाइते भएपछि उनले पनि चौथो टेस्ट गुमाएका छन् ।
त्यस्तै ब्याट्सम्यान हनुमा विहारी इन्जुरीका बीचमै तेस्रो टेस्ट खेलेर भारतलाई हारबाट बचाएका थिए । उनको चौथो टेस्ट खेल्ने नखेल्ने अझै निश्चित भएको छैन ।
त्यस्तै बलरहरु मोहमद सामी, उमेश यादव यसअघि नै घाइते भएर टिमबाट बाहिर भएका छन् ।
प्रतिकृया दिनुहोस्