प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौँ – स्वास्थ्यमा समस्या देखिएपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुनः समस्या देखिए पछि बुधबार अस्पताल भर्ना गरिएको हो । छोरी गंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएपनि कुन अस्पताल भर्ना गरिएको भन्ने विषय भने खुलाएकी छैनन् ।

लामो समयदेखि बिरामी रहेकी सीतालाई प्रचण्ड परिवारले यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिरहेको थियो । प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्याबाट पीडित छिन् ।