ओलीको गफैगफले देश चल्दैन: झलनाथ खनाल
काठमाडौं : नेकपा कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले दुईतिहाइ बहुमत गुटले नभई नेकपाले ल्याएको बताएका छन्।
उनले राखेको भनाइ जस्ताको तस्तै :
‘लोकतन्त्र र राष्ट्रियताका योद्धाहरु फेरि एक पटक सडकमा उत्रिनुभएको छ। सडकमा आउन रहर होइन। केपी ओली तानाशाही रुपमा संविधानका बलात्कार गरेपछि सडकमा आउन बाध्य भएका छौँ। हरेक सडकमा ओलीको कदमविरुद्ध जुटेका छन्। नेकपा उत्रिएको छ।
२००६ सालमा बनेको पार्टी हो। देशमा अनेक क्रान्तिको नेतृत्व गरेको छ। हामी विगतको चुनावमा दुई तिहाईको बहुमत ल्याएका छौँ। बालुवाटारमा बस्ने केपी गुटले ल्याएको होइन। तानाशाही गुट हो। त्यसले देशलाई घात गरेको छ। नेकपाको विजयी थियो ओलीको विजयी होइन। हाम्रो निती र कार्यक्रमलाई दिएको भोट हो।
जनताले समाजवादको दिशामा बढ्नुका लागि दिएइको भोट हो। संविधान र लोकतन्त्र बादी हमलालाई सहँदैनौँ। आजबाट क्रान्ति बलेको छ। सिंगो देशमा नयाँ नाराहरू सुरु भएको छन्। अहिले आधिकारिक पार्टी कुन भनेर कुरा आएको छ। आम जनताको एक मात्रै पार्टी आधिकारिक पार्टी नेकपा हो। पार्टी नाम मात्रै होइन सूर्य पनि हाम्रो हो। यो पाटी देशव्यापी रुपमा लोकतन्त्र र संसद पुनस्थापन गर्न अगाडि बढ्छ।
देशलाई अग्रगामी रुपमा लान दुई तिहाईको मत हामीले कदर गछौँ। ओलीमाथि हामीलाई पहिले पनि आशंका थियो। उहाँले झापा आन्दोलनमा पनि राम्रो भूमिका खेलको होइन। पार्टीको एउटा नेताको रुपमा खडा गरेको थियौँ, पछि पूर्व एमालेको अध्यक्ष बन्नुभयो। पार्टी एकतापछि पनि उहाँलाई विश्वास गरेर अध्यक्ष बनायौँ। तर, उहाँले पार्टीको निती र निर्णयलाई मान्नुभएन।
बालुवाटार पुगेपछि पार्टी बिर्सिनुभयो। पार्टीलाई भर्याङ मात्रै बनाउनुभयो। पार्टी एकलौटी रुपमा मन्त्रीपरिषद् बनाउनतिर लाग्नुभयो, निति र कार्यक्रम ल्याउनुभयो। पटक पटक सुझाव पूँजीवादी हु्न् भनेर दियौँ। तर, समाजवादका जानका लागि नयाँ कृषि औद्योगिक शिक्षा स्वास्थ्य नीति चाहिन्छ भनेका थियौँ। तर उहाँले सुन्नुभएन। बजेट पनि एकलौटी ल्याउनुभयो। तीन बर्ष उहाँले गफमै बिताउनुभयो। गफैगफको कुरा गर्नुभयो। पानीजहाज र ग्यासको चुह्योको कुरा गर्नुभयो। नेपाली जनताको घरमा पुगेन। उहाँकै घरमा पुग्यो हो।
देश चलाउनका लागि गफ र उखानले चल्दैन। तीन बर्ष खेर गयो मरिचमनानले गरे जति पनि काम गर्न सक्नुभएन। हामीले सोध्दा विश्व चकित हुने काम गरेको छु भन्नुभयो। उहाँले सडक र पुललाई समाजवाद देख्नुभयो। उहाँले उदाहरणका लागि धरहरा र रानीपोखरीको उदाहरण दिनुभयो उहाँले बनाएको होइन। होला उहाँको पालामा बन्यो तर, कालिगड र सिकर्मीले बनाए।
तुइनको अझै उस्तै समस्या छ। अहिले पनि देशमा विद्यमान छ। हामीले उहाँलाई गम्भिरतापूर्वक आलोचना गर्दा पार्टीको बैठकबाट आउनुभएन। कुरा सुन्न छाड्नुभयो। पार्टीको निर्णय लागू गर्नुभएन। ठुला वामपन्थी पार्टीलाई एकता गरेर नेकपा निमार्ण गरेका छौँ।
नेकपा एकिकरण पनि उहाँले बाधा गर्नुभयो। त्यो जिम्मेवारी हाम्रो काँधमा आएको छ। संविधानलाई नेपालमा नेकामध्ये प्रगतिशिल संविधान हो। यसपछि स्थिरताको अघि बढ्छौँ। सनक र लहरको आधारमा संसद भंग गर्न नपाउन बनाएको छौँ। संविधानमा संसद विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार राखेका छैनौँ। अरु देशमा त्यो व्यवस्था छ।
संविधान बनाउँदा गरेको बहस सम्झेछौँ। आफूले परेको निर्णयलाई बलात्कार गरेर प्वाल पार्नुभयो। अब पनि उहाँको पछि लागे देश अस्थिरतातिर जान्छ। संसदको पुनःस्थापना अनिवार्य बनेको छ।
संसद र संविधान ठिक ठाउँमा ल्याउनका लागि नेपाली जनता अघि बढे आन्दोलनको आधि बेरी अगाडि बढाउनुपर्ने बेला आएको छ। हाम्रो पाटीले जनताले गरेको भूमिका कहिले भुलेका छैन। यो कार्यभार सम्पादन गर्नका लागि हामी सबै एकताबद्ध भएर अघि बढौँ। कांग्रेस, जनता समाजवादी लगायत सबै दलहरु संविधानको रक्षामा जुटिसकेका छन्। हामी एकताबद्ध भएर लोकतन्त्र र संविधानको रक्षामा लागेको छौँ। त्यसमा ऐक्यबद्धता छ। यो आन्दोलन ओलीका तानाशाही विरुद्ध छ। आन्दोलन सफल नभएसम्म हामी लागिरहन्छौ।’
प्रतिकृया दिनुहोस्