सुनको भाउ सामान्य घट्यो
काठमाडौँ- सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्