२४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण, १२३८६ सक्रिय संक्रमित
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २१७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १८ लाख १३ हजार २०४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५१५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३८६ जना सक्रिय संक्रमित छन्।
आज १०६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।
![](https://khasakhabar.com/wp-content/plugins/ajax-load-more/core/img/placeholder.png)
प्रतिकृया दिनुहोस्