December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

काठमाडौँ – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेकाे छ । बुधबार थप एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

त्यस्तै गएकाे २४ घण्टामा एक हजार चार सय ८३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख ३० हजार पाँच सय ३७ पुगेको छ ।  

अब नेपालमा १२ हजार दुई सय ४५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय २५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप १४ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ५१ पुगेकाे छ ।