ओली – प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद र सचिवालयमा पेस भएका प्रस्तावको विषयमा सामान्य छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको आइतबार प्रधानमन्त्रीको अनुपस्थिति विना नै बसेको स्थायी कमिटीको बैठकले सहमतिको लागि भन्दै सात दिनको समय छुट्याएको छ ।