शुक्रबार थपिए १९४५ जना कोरोना संक्रमित,५३६४ जना डिस्चार्ज
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेका छन् । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएका हुन् ।हाल देशभर २४ हजार ६६५ सक्रिय संक्रमित छन् ।
प्रतिकृया दिनुहोस्