काठमाडौंमा ८ सय ६२ सहित उपत्यकामा थपिए ११ सय ७ संक्रमित
काठमाडौं : उपत्यकामा शुक्रबार थप १ हजार १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जनामा कोरोना संक्रमित थपिएका छन्। महिला ४ सय ८४ र पुरुष ६ सय २३ छन्।
काठमाडौं जिल्लामा ९ हजार ६ सय ८१ सक्रिय संक्रमित छन्। ३ सय १६ संक्रमितको मृत्यु, ७१ हजार ५ सय ९१ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८१ हजार ५ सय ८८ छन्।
भक्तपुरमा सक्रिय संक्रमित ७ सय ८३ छन्। ६ हजार ४ सय ७० कोरोना संक्रमणबाट मुक्त भएका, ८३ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ३ सय ३६ छन्।
त्यसैगरी, ललितपुरमा २ हजार २ सय २८ सक्रिय संक्रमित छन्। ९ हजार ६ सय ३१ कोरोना संक्रमणबाट मुक्त भएका छन्। ८९ संक्रमितको मृत्यु र कुल संक्रमित ११ हजार ९ सय ४८ छन्।
प्रतिकृया दिनुहोस्